Monday, July 6News That Matters

प्रहरी नायव उपरिक्षक मुकारुङ र प्रहरी जवान खापुङ साउन महिनाको उत्कृष्ट प्रहरी घोषित

पूर्णपुष्टि, भदौ ३

प्रहरी नायव उपरिक्षक मन्जिल मुकारुङ र प्रहरी जवान टिकाराम खापुङ साउन महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । मुकारुङ र खापुङ प्रदेश नं १ भरिमै साउन महिनाको उत्कृष्ट प्रहरी घोषित भएका हुन् ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।व्यवसायीक, लगनशिल कर्तव्यनिष्ठ, तल्लित, उच्च मनोवल र अपराध अनुसन्धान तथा फरार प्रतिवादी कतृव्य ज्यान मुद्धा जस्ता प्रहरी कार्यको मुल्याँङकनको आधारमा हरेक महिना उत्कृष्ट प्रहरी घोषित गरिने प्रदेश प्रहरीले जनाएको छ ।

मुकारुङ र खापुङले विभागिय मुल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पु¥याएको भन्दै साउन महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको हो ।

उनिहरुले कर्तव्य ज्यान जस्ता जघन्य प्रकृतिका अपराध गरी वारदात पश्चात फरार रहेका प्रतिवादीहरु, चोरी पैठारी लगायत विभिन्न अपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेको प्रदेश प्रहरीले मुल्याङका गरेको छ ।

प्रहरीको यो कर्मलाई पालना गर्नाले आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय  कार्य गरेकोले प्रहरी नायव उपरीक्षक मुकारुङ र प्रहरी जवान खापुङलाई उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्याङकन गर्दै २०७८ साल साउन “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषणा गरिएको १ नं प्रदेश प्रहरी बिराटनगरका प्रहरी प्रवक्ता तथा प्रहरी उपरिक्षक नविन राज राईले बताए ।

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ र १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय “क“  स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।