
गाईघाट, फागुन २ ।
खोपानीको जटिल समस्या झेल्दै आएका उदयपुरको बेलका नगरपालिका–४ का विभिन्न आठ ओटा बस्तिका दुई सय ७४ परिवारलाई स्वच्छ खानेपानीको व्यवस्था भएको आयोजना बेलका नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
ग्रामिण खानेपानी तथा सरसफाई कोष विकास समिति (फनबोर्ड) सँगको साझेदारीमा शान्ति समाज केन्द्र नेपाल (पेसोक) उदयपुरले एक हजार चार सय जनसंख्यालाई पुग्ने गरी स्थानीय कोक्सिला–कटारी खानेपानी आयोजना सम्पन्न गरी शनिबार नगरपालिकालाई हस्तान्तरण गरिएको हो । आयोजनाको पुर्ण जिम्मेवारी समित्व ग्रहण गर्ने गरी मेयर दुर्गा थापालाई पेसोककी अध्यक्ष सिर्जना दनुवारले प्रमाण पत्र हस्तान्तरण गरिन ।
दूई दशकअघि युनिसेफ नेपालको सहयोगमा सञ्चालनमा आएको त्यहाँको खानेपानी आयोजना पुरानो भई जीर्ण भएपछि पानीको चरम अभाव खेपेर जिवन बिताईरहेका त्यस क्षेत्रका दुई सय ७४ घर परिवारलाई लक्षित गरी खानेपानीको योजना पुनः सञ्चालन गरिएको हो ।

केही दिन पहिलेबाट सञ्चलनमा आएको सो आयोजनाबाट वडा नं. ४ को जनजागृति महाभारत, गौरीशङ्कर, देवीस्थान, डाँडाटोल, कटारी, खोर्साने झोरा, गुरुङचौरीलगाएतका गाउँबस्तिमा १४ सय उपभोक्ता स्वच्छ खानेपानीको सुविभाबाट लाभान्वित भएको पेसोकको अध्यक्ष दनुवारले बताईन् । उहाँका अनुसार जनश्रमदानसहित ६७ लाख ७१ हजार रुपियाँको लागतमा सो आयोजना सम्पन्न भएको हो ।

बेलका वडा नं. ६ को हर्देनीबारीको मुहानबाट पाईप लाईनमार्फत ल्याईएको खानेपानीलाई सञ्चित गर्न २० हजार लिटर क्षमताका दुईओटा ट्याङ्की निर्माण गरी गाउँलेलार्य घरघरमा धारामार्फत खानेपानी वितरण गरिएको स्थनीय उपभोक्ता समितिका अध्यक्ष सन्तोषकुमार आचार्यले बताउनुभयो । दुईवटा सार्वजनिकसहित घर–घरमा पु¥याईएकोे पानीको धारा संचालनमा आएसँगै स्थानीयबासीले खुसी प्रकट गरेका छन् ।

स्थानीय उपभोक्ता धनपति आचार्य भन्नुहुन्छ, “खानेपानीको वर्षौदेखिको समस्याबाट बस्तिले मुत्ति पाएको छ । सहज नभए पनि सामान्य मर्मत सम्भारबाट काम चलाउका रुपमा पुरानो धारा चलाउँदै आएका थियौँ त्यो पनि विगत एक दशकदेखि बिग्रिएपछि एक घण्टाको पैदल यात्रा गरी गिदेरी खोलाको दुषित पानी खाएर बाँचिरहेका थियौँ ।

