
पूर्णपुष्टि, कार्तिक ८
फरार प्रतिबादी सुनसरी धरान उपमहानगरपालिका ३ बस्ने ३८ बर्षीया रानी कुमारी साहलाई सोमबार प्रहरीले पक्राउ गरि सम्मानित जिल्ला अदालतमा बुझाईएको छ । वैकिंग कसुर मुद्धामा सम्मानित मोरङ उच्च अदालतबाट २०७६ माघ ६ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमसः १ महिना कैद तथा रु.५,००,००० जरिवाना भई लगत नं. ९३४९ मा कैद जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेकी साहलाई खोजतलास गर्ने क्रममा १ नं प्रदेश प्रहरी कार्यालय,R.I.T बाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरेको हो ।पक्राउ परेका साहलाई सम्मानित सुनसारी जिल्ला अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरेको छ ।
