Tuesday, April 21News That Matters

फोहोरको थुप्रोले दुर्गन्धित बन्दै गाईघाट बजार

पूर्णपुष्टि, भदौ ३१ । उदयपुरको सदरमुकाम गाईघाट बजार फोहोरको थुप्रोले दुर्गन्धित बन्दै गएको छ । गाईघाट बजारका मुटु मानिने मेनचोक (गाईचोक) देखी पिजी चोक सम्मको सडकमा फोहोरको थुप्रो थुप्रियको छ ।

त्रियुगा नगरपालिकाले करिब दुई–तिन हप्तादेखी फोहोर नउठाउदा गाईघाट बजार फोहोरले भरिएको हो । त्रियुगा नगरपालिकाले हप्तामा एक पटक फोहोर उठाउँदै आएको थियो । साताको शनिबार फोहोर उठाउने गरेको नगरपालिकाले जेनजीको आन्दोलनपछि नगर कार्य स्थगित गरेको छ । जेनजी आन्दोलनको क्रममा नगरपालिकामा तोडफोड र आगजनी भएको थियो । केही दिन यता गाईघाटमा लगातार बर्षा भईरहेको कारण फोहर थुपारेको ठाउँमै कुहिन थालेको छ ।

तस्विरमा हेर्नुहोस् :