Wednesday, June 10News That Matters

बगाहामा मेडिकल कलेज स्थापना गर्न स्थलगत अबलोकन

पूर्णपुष्टि, साउन २५ गते ।
उदयपुरको त्रियुगा नगरपालिका–४ बगाहामा मेडिकल कलेज स्थापना गर्न नगर तथा प्रदेश सरकारले आज (बुधवार) स्थलगत अबलोकन गरेको छ । नगर प्रमुख बसन्त बस्नेत, उप–प्रमुख महेश्वरी राई,लगानी बोडको टिम लगाएतले कलेज स्थापनाका लागि स्थलगत अबलोकन गरेको हो ।
२०७९ असार ३० गते नवौँ नगर सभाबाट आर्थिक वर्ष २०७९/०८० का लागि नगरपालिका लगाएत ४,१३ र १६ नं. वडामा विभिन्न योजनाहरु सञ्चालन गरिने छ । वडा नं. ४ मा मेडिकल कलेज, वडा नं. १३ मा बरुवा बस पार्क निमार्णका साथै फोहोरमैला व्यवस्थापन गरिने छ । त्यस्तै, यता वडा नं. १६ मा सिदालीमा क्रिङ्गर उद्योग निमार्ण र नगरपालिका भित्र आवासिय विद्यालय निमार्ण गरिने योगजन रहेको नगरले जनाएको छ । पाँच वटै योजनाको लागि प्रदेश लगानी प्राधिकरण, बिराटनगरले लगानी गर्ने छ ।