
पूर्णपुष्टि/उदयपुर, कार्तिक २४ ।
अन्दाजी आज विहान ८.०० बजे सगरमाथा राजमार्ग अन्तरगत गाईघाट-लहान सडकखण्डकाे त्रियुगा नगरपालिका- ४ बगाहामा विङ्गर गाडी अनियन्त्रित भई दुर्घटना भएको छ । गाईघाटदेखि लहानतर्फ जानेक्रममा ना १ ज ८३९१ नम्वरको साे गाडी दुर्घटना हुँदा चालकसहित १२ जना घाईते भएकाे सुरक्षा स्राेतले जनाएकाे छ । घाइतेहरुलाई उपचारका लागि उदयपुर अस्पताल लगिएकाे छ ।
घाईतेहुनेहरुमा विङ्गरमा सवार त्रिनपा- ११ संगमटाेलका ७४ बर्षिय पूर्णबहादुर राई, उनकाे दुवै हात, अनुहार, टाउकोमा चाेट र कम्मर चलाउन गारो हुने अबस्था छ । उनका बहिनि अन्दाजी ६० बर्षिया रामकुमारी राई, उनकाे टाउको, छाती दुवै हातखुट्टामा चाेट लागेकाे छ ।
त्रिनपा-१२ का ४४ बर्षिय ज्ञानेन्द्र वि. क. उनकाे अनुहार र दुबै हातमा चाेट लागेकाे छ ।
त्यसैगरी ओखलढुंगाकाे खिजिदेम्बा-२ पोखरीका ४५ बर्षिय तिर्थ घिमिरे, उनकाे अनुहार, दुवै हातखुट्टामा चाेट लागेकाे छ । काठमाडाैकाे गोकर्णेश्वर नपा- २ का ४४ बर्षिय स्वयम्भू राज पोखरेल, उनकाे टाउको, अनुहार र दबै हात दुवैमा चाेट लागेकाे छ ।
त्यस्तै त्रिनपा- १२ सोनापुरकी १७ बर्षिया प्रजिता बिक, उनकाे बाया खुट्टा र अनुहारमाद सामान्य चाेट लागेकाे छ । त्रिनपा- ७ चुहाडेका २२ वर्षिय केवल ठकुरीकाे टाउको, घाँटी र दुवै हातमा चाेट लागेकाे छ । 
त्रिनपा- २ का ७७ बर्षिय कमलबहादुर खड्काकाे टाउको र ढाड चलाउन गारो अबस्था छ । साेहि ठेेगानाका ५७ बर्षिय नर बहादुर खत्री, उनकाे बायाँ खुट्टा र ढाडमा चाेट लागेकाे जनाईएकाे छ ।
चालक सप्तरीकाे हनुमान नपाका २७ वर्षिय उपेन्द्र साह पनि सामान्य घाईते भएका छन् । अन्य दुई घाईतेकाे अबस्था सामान्य रहेकाे छ ।
