Wednesday, June 10News That Matters

बन्दुक पड्कदा एक बालकको मृत्यु

पूर्णपुष्टि,माघ ९

शिकार खेल्न जङ्गल गएका एक बालकको बन्दुक पड्किँदा मृत्यु भएको छ । पाल्पाको रिब्दिकोट गाउँपालिका–८ दानसिङडाँडाको चिलाउनेपानी सामुदायिक वनमा भरुवा बन्दुक पड्कदा स्थानीय १३ वर्षीय लक्ष्मण छहारीको मृत्यु भएका हो ।

गए राति करीब ९ बजे सिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्किँदा छहारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मृतक छहारीसँगै सिकार खेल्न गएका रैनादेवी छहरा गाउँपालिका–४ भर्माटुङका १७ वर्षीय ज्ञानबहादुर गाहा, सोही स्थानका १४ वर्षीय कमल राना र रिब्दीकोट गाउँपालिका–८ दानसिङडाँडाका १३ वर्षीय देवबहादुर गाहालाई भरुवा बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरीरहेको छ ।