
गाईघाट/माघ, ८
बरुवा क्याम्पसले औपचारिक रुपमा आफ्नै भवनबाट अध्यान सुरु गराएको छ । त्रियुगा नगरपालिका १२ शान्तिधाम स्थित क्याम्पसले आफ्नो भवन निर्माण गरेको छ । बरुवा क्याम्पसले आयोजना गरेको उद्घाटन कार्यक्रममा बुधबार नगर प्रमुख बलदेव चौधरीले भवनको उद्घाटन गर्नुभयो । २०७६ मंसिर ६ गते बाटै अनौपचारिक रुपमा अध्यान सुरु गराए पनि २०७६ माघ ८ गते बुधबार भवनको उद्घाटन गर्दै औपचारिक अध्यानको सुरु गरिएको हो । 
२०६६ सालदेखि त्रियुगा नमुना माविको भवनमा अध्यापन गराउँदै आएका बरुवा क्याम्पसले अहिले आफ्नै भवन तयार गरी अध्यान सुरु गराएको क्याम्पस प्रमुख भिम बहादुर खड्काले बताउनु भयो । खड्काले अहिले तत्काल व्यवस्थापन र शिक्षा गरी २ शंकायमा अध्यान सुरु गराईएको जनाउनु भयो । खड्काको अनुसार आवश्यकता अनुसार अन्य शंकायहरुलाई पनि थप गर्न सकिने बताउनु भयो ।
क्याम्पसमा स्नातक तहको पहिलो देखी चौथो सम्म अध्यान गराउन सक्ने गरी भवनको तयारी गरिएको बताउनु भयो । अहिले सो अनुरुप मै अध्यान सुरु गरिएको उहाँको भनाई छ । भवन उद्घाटन सँगै स्नातक तहमा नव आगन्तुक पहिलो बर्षका विद्यार्थीहरुलाई सम्मान तथा स्वागत पनि गरिएको छ । साथै क्याम्पसको बिभिन्न क्रियाकलापहरु खेलकुद सांस्कृतिक लागएत कार्यहरुमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण पनि गरिएको छ ।
