Friday, July 17News That Matters

बरुवा क्याम्पसको पुस्तकालय भवन सिल्यान्यास

पूर्णपुष्टि, असोज ५

उदयपुरको त्रियुगामा रहेको जिल्लाकै ठुला क्याम्पसहरु मध्ये गनिने बरुवा क्याम्पसले पुस्तकालय भवनको सिल्यान्यास गरेको छ । बुधबार प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले भवनको सिल्यान्यास गरेको हो ।त्रियुगा गनरपालिका १२ शान्तिधाम स्थित रहेको क्याम्पसको पूर्वपट्टीको जग्गामा भवन निर्माण गरिने क्याम्पसले जनाएको छ । क्याम्पसले शिक्षालाई चुस्त दुरुस्त र उच्च शिक्षाका लागि सहज बनाउने भन्दै आफ्नै पुस्ताकलय भवन निर्माण गर्न लागेको क्याम्पस संञ्चालक समितिका अध्यक्ष बलदेव चौधरीले बताउनुभयो ।

क्याम्पसलाई सबैखाले सुविधाले पोख्त पार्ने र उच्च शिक्षाका लागि जिल्लावासी तथा अन्य जिल्लाकाहरुलाई सस्तो र गुणस्तरीय शिक्षा दिने प्रयासको सफलता अनुरुपुस्तकालय भवनको सिल्यान्यास गरेको अध्यक्ष चौधरीको भनाई छ । भवनको सिल्यान्यास गर्दै प्रदेश १ का सामाजिक विकास मन्त्री राईले आवश्यकीय बजेटको जोहो गर्नेमा प्रदेश सरकार पछि नपर्ने जनाउनुभयो । उहाँले पुस्तकालय भवन तथा प्रदेश नं १ लाई गुणस्तरीय शिक्षामा जोड दिन आफुँ सँधै लागि पर्ने जनाए ।