
पूर्णपुष्टि, असार २१
ताप्लीमा बर्खाले समस्या बनाएको सडक पून : सुचारु अवस्थामा पुगेको छ । ताप्ली अध्यक्ष ढुँगराज बिक आफै फिल्डमा खटी सडक मर्मतको कामलाई प्राथामिकता दिईएका थिए ।
बर्खाले पालिकाको बिभिन्न गाउँ रुपाटार कुमालटार, डडुवा, मादले जोड्ने अबरुद्ध सडकक जिर्ण अवस्थामा रहेका थिए ।
अत्यावश्यक सडक मर्मतपछि सुचारु भएसँगै पालिकाको अन्य अबरुद्ध सडकहरु समेत तत्काल खोल्ने काम अघि बढ्ने अध्यक्ष बिकले जनाउनुभयो । बाटोनै समस्या भएपछि पालिकावासीहरुलाई समस्या परेका थिए । दैनिक ढुवानी र आवतजावतलाई मध्यनजर गरी तत्काल बाटो संञ्चालनमा ल्याइएको अध्यक्ष बिकले जनाउनुभयो ।

