Wednesday, June 10News That Matters

बलिउडका खलनायक आशीषले ६० वर्षको उमेरमा गरे दोस्रो विहे

पूर्णपुष्टि,जेष्ठ १२ । बलिउडका चलचित्रमा खलनायको भूमिका गरेर चर्चामा आएका आशीष विद्यार्थीले ६० वर्षको उमेरमा दोस्रो विवाह गरेका छन् । भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सका अनुसार उनले विहीवार कानुनी रुपमा असम राज्यकी रुपाली फेशन डिजाइनर सँग विवाह गरेको हो ।

आशीषले विवाहपछि मिडियासँग कुराकानी गर्दै भने, जिन्दगीको यो विन्दूमा रूपालीसँग विवाह गर्दा एक्स्ट्रा–अर्डिनरी महसुस भइरहेको र यो विवाहबाट निकै खुसी भएको बताए । आशीषको पहिलो बिहे अभिनेत्री शकुन्तला बरूआकी छोरी राजोशी बरूआसँग भएको थियो। उनीहरूका एक छोरा छन्। यद्यपि उनीहरूबीच डिभोर्स भइसकेको छ । आशीष र रूपालीको १० वर्ष उमेर अन्तर छ। आशीष ६० वर्ष भए भने रूपाली ५० वर्षकी हुन्।

आशीषले हिन्दी, तेलुगु, तमिल, कन्नड, मलयालम गरी ११ भाषामा करिब २०० वटा फिल्ममा काम गरिसकेका छन्। उनी पछिल्लो समय अमिताभ बच्चनसँग फिल्म ‘गुडबा’ मा देखिएका थिए।