Thursday, June 18News That Matters

एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

पूर्णपुष्टि,जेष्ठ १२ । नेकपा एमालेको अवरोध पछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ । शुक्रबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने र उठेका प्रश्नबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने कार्यक्रम थियो।

नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले गत बुधबार संसद बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई पशुपतिनाथको गजुरमा सुन भनेर पित्तलको जलप हालेको आरोप लगाएपछि एमालेले आज संसद अवरोध गरेको हो । सभामुख देवराज घिमिरले बैठक सुरू गर्नेबित्तिकै एमालेका सांसदहरू उठेका थिए । त्यसपछि एमाले प्रमुख सचेतक पदम गिरीलाई सभामुखले बोल्न समय दिए । त्यसपछि एमाले सांसदहरू बसेका ठाउँबाट पुन: उठेका छन्। एमाले सांसदहरूले यसबारे सरकारले जवाफ राख्नुपर्ने मागसमेत गरेका छन्।

यसअघि प्रतिनिधि सभामा बोलेका नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमालेप्रति लक्षित गर्दै पशुपतिमा सुनको जलहरि राख्ने भनेर पित्तलको जलहरि राखी भ्रष्टाचार गरेकोु आरोप लगाएका थिए।