
पूर्णपुष्टि,जेष्ठ १२ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको फरार सूचीमा रहेकी लक्ष्मी महर्जनलाई प्रहरीले पक्राउ गरेको हो । उनललाई आजै अदालमा उपस्थित गराउने भएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा अभियोजनपत्र दायर भएको थियो । उक्त प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण,एमालेका सचिव टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डे लगायतलाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेकामाथि ठगी, संगठित अपराध, लिखत कसुर, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा अभियोजन दायर गरिएको छ । उनीहरूमाथि २८ करोड ७४ लाख ७४ हजार पाँच सय रुपैयाँ बिगो माग समेत गरिएको छ ।
