
पूर्णपुष्टि, १२ जेष्ठ ।
गाईघाटमा मनोसामाजिक सहयोग तथा लैंगिक रुपान्तरण सम्बन्धी १० दिने आधारभुत तालिम शुक्रबारबाट सुरु भएको छ । उक्त तालिम समुदायिक मनोसामाजिक कार्यकर्ताहरुको लागि संञ्चालन भएको हो । लैंगिकतामा आधारीत हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाको दोस्रो चरण अन्तर्गत तालिम आयोजना गरिएको आयोजक ओसीएमसी नेपालकी सिनियर काउन्सिलर रन्जना ताजपुरियाले बताईन् । ताजपुरियाका अनुसार तालिममा उदयपुर र ओखलढुङ्गा गरी १३ जना सहभागी रहेको छ ।

समुदायमा रहेको हिंसा पिडित, दवाव परेहको व्यक्ति तथा मानिस, मानसिक चिन्ता जस्ता समस्याहरुको पहिचान गर्ने र आवश्यक सहयोग गर्न मनोसामाजिक कार्यकर्ताहरुलाई यस तालिम प्रदान गरिएको ताजपुरियाले बताईन् । मनोसामाजिक कार्यकर्ताहरुले समुदायमा बिभेद भोगिरहेको मानिस र मानसिक सन्तुलनमा समसया भएको व्यक्तिहरुका लागि तत्काल आवश्यक सहयोग, उद्धार, उपचार, रेफर छलफल, मेलमिलाप जस्ता काम गर्नु पर्दा असहज र समस्याहरु उत्पन्न हुन नदिन यस तालिममले सहयोग पुराउने जनाईन् ।

तालिम सहजकर्ता समेत रहेका मनोसामाजिक सुपरभाईजर एबन श्रेष्ठका अनुसार यस कार्यक्रमले हिंसाको पहिचान, मनोसामाजिक सहयोग र रेफर गरी तीन मुख्य क्षेत्रमा काम गर्ने जनाए । स्थानीय तहमा कार्यरत मनोसामाजिक कार्यकर्ताहरुलाई मनोसामाजिक सहयोग र लैंगिक रुपान्तरण सम्बन्धी बिषेश आधारभुत तालिम दिईने श्रेष्ठको भनाई छ ।

एसडिसी नेर्वेजियनको आर्थिक सयहोग रहेको उक्त तालिमलाई सीएमसी नेपाले आयोजना गरेको छ भने युएनएपपिएले कार्यन्वयन पक्षमा सहयोग पुराएको छ । त्यस्तै तालिमलाई आईपास नेपालले नेतृत्व गर्नुका साथै सीएमसी नेपाललेनै मनोसामाजिक तथा मानसिक स्वास्थ्य र प्रावाधिक क्षेत्रमा महत्वपूर्ण सहयोग गरिरहेको छ । यता कार्यक्रमलाई त्रियुगा नगरपालिकाले पनि साझेदारी गरेको छ । कोहबर होटलमा संञ्चालन भएको तालिमलाई त्रियुगा नगर प्रमुख बसन्त बस्नेतले उद्घाटन गरेका थिए । तालिम २१ गते सम्पन्न हुने आयोजकले जनाएको छ । लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाले हिंसा पिडितहरुलाई आवश्यक सहयोग र उद्धार जस्ता कार्यहरुमा सहयोग पुराउँदै कार्यक्रमको उदेश्य अनुरुप सकरात्मक नतिजा निकालिरहेको छ ।


