
पूर्णपुष्टि, फागुन १६ । सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–३ स्थित पुर्व पश्चिम राजमार्गमा बसको ठक्करबाट एक जना साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत बिहार बनेलिपट्टीका ४५ बर्षीय राम नारायण मेहता रहेका छन् ।
आज बिहान ५ बजे पश्चिमबाट पुर्व तर्फ आउदै गरेको बा. ३ ख ४९०२ नम्बरको बसले ठक्कर दिदा मेहता घाईते भएका थिए । घाईतेलाई उपचारको लागी जिल्ला अस्पताल ईनरुवा लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ठक्कर दिने बस र चालक काठमाण्डौ दक्षिणकाली–५ का ४० बर्षीय निरन्जन बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
