Sunday, May 31News That Matters

बसले ट्याक्टरलाई ठक्कर दिँदा उदयपरको एक युवकको मृत्यु, १९ जना घाईते

पूर्णपुष्टि, मंसिर १८

शनिबार बसले ट्याक्टरलाई ठक्कर दिँदा एक जना युवकको ज्यान गएको छ, भने १९ जना घाईते भएका छन् । पोखराबाट पर्वततर्फ आउँदै गरेको ग १ ज ००९८ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको को २ त ६४२७ नम्बरको ट्र्याक्टरलाई पर्वतको कुश्मा नगरपालिका– ८ चुवाको पराधिमा ठक्कर दुर्घटना भएको थियो । दुर्घटनामा उदयपुरको चौदण्डीगढी नगरपालिकाका १८ वर्षीय विशाल लामिछानेको ज्यान गएको हो ।
ट्याक्टरमा मध्यपहाडी लोकमार्गका मजदुर सवार रहेका थिए । ट्याक्टरमा सवार १९ जना घाईते मध्ये ५ जना मजदुरको अवस्था गम्भिर रहेको प्रहरिले जनाएको छ । गम्भिर घाईतेहरुलाई उपचारको लागी पोखरा पठाईएको छ । १४ जना सामान्य घाईतेको जिल्ला अस्पताल पर्वत मै उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो । बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।