
पूर्णपुष्टि, बैशाख ११
सुनसरीको बराहक्षेत्र नगरपालिकापा–४ पिडारी चतारा झुम्का भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १० जना घाईते भएका छन । मृत्यु हुनेमा बस धनि बराहक्षेत्र नगरपालिका–१ चतरा ४० बर्षीय सरोज खड्का रहेका छन् ।
हिजो दिउँसो पौने १ बजे चताराबाट झुम्कातर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९५०४ नम्बरको बस अनियनन्त्रीत भई नहरको पुलको रेलिङमा ठक्कर खाई दुर्घटना हुँदा खड्का सहित ११ जना घाईते भएका थिए । घाईतेलाई तत्काल उपचारको लागि धरान घोपामा लगिएकोमा खड्काको उपचारको क्रममा मृत्यु भएको हो । बस, चालक बराहक्षेत्र–१ चतारा का २५ बर्षीय सनम श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
