Thursday, May 7News That Matters

मालपोत अधिकृत घुससहित पक्राउ

पूर्णपुष्टि, वैशाख ११ गते ।
मालपोेत कार्यालयमा कार्यरत एक जना मालपोत अधिकृत १ लाख ५० हजार घुससहित पक्राउ परेको छ । ताप्लेजुङका मालपोत अधिकृत लेखा पनेरु महत घुस रकमसहित पक्राउ परेको हो ।
जग्गा दर्ता गर्ने सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा फुङलिङ नगरपालिका– ४, कोप्चेबाट उनलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए ।