Thursday, May 7News That Matters

उदयपुरको बिभिन्न ५ पालिकामा ७४ जनाले गराए मनोनयन दर्ता, तिन पालिकामा सुन्य

पूर्णपुष्टि, बैशाख ११
उदयपुरमा रहेको ८ ओटा पालिकाको निर्वाचन कार्यालय मध्ये ५ ओटा पालिकाको निर्वाचन कार्यालयमा मात्र आज मनोनयन दर्ताको काम भएको छ । मनोनयन दर्ताको पहिलो दिन केहि दल र स्वतन्त्र उम्मेदवार गरी करिब ७४ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएको हो । आईतबार त्रियुगा, कटारी, चौदण्डीगढी, बेलका र उदयपुरगढी लगायत ५ ओटा पालिकामा मात्र मनोनयन दर्ताको काम भएको जिल्ला स्थित बिभिन्न निर्वाचन अधिकृतको कार्यालयहरुले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत कार्यालय उदयपुरका अनुसार त्रियुगामा आज स्वतन्त्र र एकीकृत समाजवादी पार्टी लगायत ७ जनाले मनोनयन दर्ता गराएको छ । निवर्तमान मेयर समेत रहेका वलदेव चौधरी सहित ७ जनाले मनोनयन दर्ता गराएका हुन् । जसमा मेयर पदका लागि ३ जनाले मनोनय दर्ता गराएको छ । बलदेव चौधरी, चित्र कुमार कार्की र नारायण बहादुर खड्काले मेयर पदको उम्मेदवारीमा मनोनयन दर्ता गराएको हो । त्यसमा बलदेव चौधरी एकीकृत समाजवादी पार्टीका हुन भने चित्र कुमार कार्की र नारायण बहादुर खड्का स्वतन्त्र उम्मेदवारी हुन् ।

यसैगरी वडाअध्यक्षमा त्रियुगा नगरपालिका ६ को लागि नेपाली कांग्रेसका ४५ बर्षे उद्धव बहादुर राउतले स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता गराएको छ भने ८ का लागि कृष्ण पोखरेल, ३ का लागि कर्ण प्रसाद चौधरी र ९ का लागि नरिन्द्र कुमार कार्कीले स्वतन्त्र तर्फबाट उम्मेदारी मनोनयन गरेका छन् ।
यता कटारी नगरपालिकामा पनि मेयर पदका लागि ४ जनाले मनोनयन दर्ता गराए । जसमा एकजना नेपाल मजदुर किसा पार्टीका चन्द्र बहादुर कार्की रहेका छन् भने अन्य ३ जना स्वतन्त्र उम्मेदावार हुन् ।

यसैगरी चौदण्डीगढीमा पनि मेयर पदका लागि ३ जना र वडाअध्यक्ष सहित सदस्यहरु गरी ३५ जनाले मनोनयन दर्ता गराएको छ । मेयरका लागि राष्ट्रिय प्रजातान्त्र पार्टी, मंगोल नेशनल अर्गनाजेशन र एक जनाले स्वतन्त्र उम्मेदार मनोनयन दर्ता गराएका हुन् ।
यस्तै गरी बेलका नगरपालिकामा पनि मेयर पदका लागि २ जनाले मनोनयन दर्ता गराए । जनता समाजवादी पार्टी र नेशनल मंगोल अर्गनाईजेश गरी २ ओटा पार्टी बाट बेलाकामा मनोनयन दर्ता भएको हो ।

यता उदयपुरगढीमा अध्यक्ष पदकामा लागि ३ जना सहित अन्य पदका लागि २६ जनाले मनोनयन दर्ता गराएको निर्वाचन कार्यालय उदयपुरले जानकारी दिए ।

जिल्लामा रहेको अन्य ३ पालिकाहरुमा भने आज मनोनय दर्ताको कामा सुन्य नै रह्यो । लिम्चुङबुङ गाउँपालिका, रौतामाई गाउँपालिका र ताप्ली गाउँपालिकामा भने मनोनयन दर्ताको काम नभएको कार्यालयले जनाए । यी कार्यालयहरुले पनि मनोनयन दर्ताको तयारीलाई अगाडी बढाउने जनाए ।