Thursday, May 7News That Matters

कटारीमा एमाले बाट भिम कुमारी राउतले दिईन् बागी उम्मेदारी

पूर्णपुष्टि, बैशाख ११
कटारी नगरपालिकाकी उपमेयर समेत रहेकी भिम कुमारी राउतले एमाले बाट बागी उम्मेदवारी दिएकी छिन् । राउतले आजै निर्वाचन कार्यालयमा मनोनयन दर्ता समेत गराएकी छिन् । एमालेले ज्ञानेन्द्र श्रेष्ठलाई टिकट दिएपछि असन्तुष्ट रहेकी राउतले महिलालाई पार्टीले उपेक्षा गरेको भन्दै विद्रोह स्वरुप बागी उम्मेदवारी दिएको जनाईन् ।

पार्टीमा लामो समय लगानी र योगदान रहेपनि एमालेले महिलाहरुलाई अगाडी बढाउन नचाहेकाले आफ्नै निर्णय बाट जनतामा जाने निर्णय गरेकी जनाईन् । उनले आफ्नो विद्रोहले पार्टीमा रहेकी अन्य महिलाहरुलाई पनि अगाडी बढ्न हौसालो मिल्ने जनाईन् । उनले आफुलाई जति असहयोग भएपनि पार्टी नछाड्ने त्यस्ता कार्यको विरोध गर्दै अगाढी बढ्ने जनाईन् । राउत नेकपा एमालेका पुराना नेतृ पनि हुन् ।