बस र भेन एक आपसमा ठोक्किदा चालकको मृत्यु, ५ जना यात्री घाईते

पूर्णपुष्टि, मंसिर २५
झापामा बस र भेन एक आपसमा ठोक्किदा भेन चालकको मृत्यु भएको छ । भेनमा सवार ५ जना यात्री घाईते भएका छन् । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका –१ भागडुब्बाका ३४ वर्षिय प्रमोद चन्द्र उप्रेति रहेका छन् । दुर्घटनाबाट घाईते हुनेहरुमा बाह्रदशी गाउँपालिका –१ का ५५ बर्षीया किमारी निरौला, ५५ बर्षिया गिता घिमिरे, २१ बर्षीया रन्जिता निरौला, १७ बर्षीया दुर्गा घिमिरे र १२ बर्षिय बिशाल पौडेल रहेका छन् ।

झापाको बाह्रदशी गाउँपालिका–३ त्रिबेणी चौकमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको प्र. १–०१–००१–ख ३५२४ नम्बरको बस र बिपरित दिशाबाट जादै गरेको मे १ च २२२६ नम्बरको भेन एक आपसमा ठोक्किदा दुर्घटना भएको हो । शनिबार बिहान ७ बजे दुर्घटना हुँदा घाईते भएका हरुलाई B&C अस्पताल बिर्तामोडमा उपचारको लागी लगिएको थियो ।

उपचारको क्रममा बिहान साँढे ८ बजे भेन चालकको मृत्यु भएको प्रहरिले जनाएको छ । बस र बस चालक बाह्रदर्शी गाउँपालिका ६ का ३४ बर्षिय हर्क बहादुर बिक लाई नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: