Wednesday, June 17News That Matters

बाघको आक्रमणबाट वृद्धको मृत्यु

पूर्णपुष्टि, भदौ २६ गते ।
चितवनमा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । माडी नगरपालिका–२ ढिकुनका ६८ वर्षीय सूर्यनाथ अधिकारीको बाघको आक्रमणबाट मृत्यु भएको हो ।शनिबार भैँसी चराउन मध्यवर्ती सामुदायिक वन अमिलियामा गएका अधिकारीलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए । शनिबार देखी हराएका अधिकारीको खोजतलास गर्ने क्रममा आईतबार बिहान ८ः३० बजे बाघले आक्रमण गरेको जस्तो अवस्थामा शव फेला परेको पाण्डितले बताए । शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।