
पूर्णपुष्टि, भदौ २५
उदयपुरको त्रियुगा नगरपालिका–६ चुरियामा अटो दुर्घटना हुँदा पाच जना घाइते भएका छन् । घाइते हरु एक्कै परिवारको रहेका छन्। चुरिया माइ मन्दिरमा पुजा गरेर फर्किनेक्रममा प्र २–०१–००१ह ०११२ नं को अटो ब्रेक फेल भई सडकबाट २० मिटर तल झरेको थियो ।
घाइते मध्ये २२ बर्षीया रुपा सहनी गम्भीर घाइते छिन् ।उनको टाउकोमा चोट लागेको छ । यस्तै ४५ बर्षीया हेमा सहनिको देब्रे हात भचिएको छ । यस्तै चालक चित्रेश्वर सहनी समेत घाइते भएका छन् । घाइते हरुलाई उपचारका लागि गाइघाट अस्पताल लगिएको ईलाका प्रहरी कार्यालय जलजलेले जनाएको छ ।
