
पूर्णपुष्टि, भदौ २६ गते ।
चितवनमा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । माडी नगरपालिका–२ ढिकुनका ६८ वर्षीय सूर्यनाथ अधिकारीको बाघको आक्रमणबाट मृत्यु भएको हो ।
शनिबार भैँसी चराउन मध्यवर्ती सामुदायिक वन अमिलियामा गएका अधिकारीलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए । शनिबार देखी हराएका अधिकारीको खोजतलास गर्ने क्रममा आईतबार बिहान ८ः३० बजे बाघले आक्रमण गरेको जस्तो अवस्थामा शव फेला परेको पाण्डितले बताए । शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।
