
पूर्णपुष्टि, असार २८
अविरल वर्षापछि आएको बाढी पहिरोले १ नम्बर प्रदेशमा १६ जना बेपत्ता भएका छन् । १ नम्बर प्रदेशको विभिन्न जिल्लाको नदि, खोलमा आएको बाढी र पहिरोमा परेर १६ जना बपत्ता भएका हुन् ।
अविरल वर्षासँगै आएको पहिरोले संखुवासभामा ८ घर बगाउँदा ११ जना बेपत्ता भएका छन् । सिलिचोङ गाउँपालिका–१ वर्षासँगै पहिराले ८ घर बगाउँदा ११ जना बेपत्ता भएका हुन् ।
बेपत्ता भएकाहरुको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
त्यस्तै तमोर नदिले बगाएर तीन जना बेपत्ता भएका छन् । ताप्लेजुङ र तेह्रथुम जिल्लाका विभिन्न ठाउँमा तमोर नदिले बगाएर तीन जना बेपत्ता भएका हुन् ।
ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–६ का ५७ वर्षीय कालुमान ताक्मादेन लिम्बुलाई सोमबार दिउँसो २ बजे सिजनेमा खोले बगाएर तमोर नदिमा पुर्याई बेपत्ता बताएको प्रहरीले जनाएको छ । बेपत्ता लिम्बुको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
त्यस्तै तेह्रथुम आठराई गाउँपालिका–५ होडाका १५ वर्षीय सन्तोष तामाङ र १८ वर्षीय रन्जित शेर्पालाई सोमबार दिउसो ३ बजे तमोर नदिले बगाउँदा बेपत्ता भएको प्रहरीले जनाएको छ । उनीहरुलाई पौडी खेल्ने क्रममा अचानक नदिले बगाएको प्रहरीले जनाएको छ ।
बेपत्ता भएकाहरुको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
त्यस्तै सुनसरीको बराहक्षेत्रमा कोशी नदिले बागाएर एक जना बेपत्ता भएको छ । बराहक्षेत्र नगरपालिका–६ बोराबान स्थित कोशी किनारामा नदिले बगाएर ल्याएको दाउरा खोज्ने क्रममा ७ नम्बर वडाका करिब १३ वर्षीय अनिल बस्नेतलाई नदिले बगाएर बेपत्ता भएको हो ।
बेपत्ता भएका बस्नेतको खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै झापामा मेची नदीले बगाएर एक जनाको मृत्यु भएको छ । भद्रपुर नगरपालिका–३ नाउगाट स्थित मेची खोलाले स्थानीय ३३ वर्षीय हिरण राई राईलाई बगाएर बेपत्ता भएको हो ।
बेपत्ता भएका राईको प्रहरी र स्थानीयको सहयोगमा खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।
