Wednesday, June 17News That Matters

बाथरुमा लडेर नेता ढुंगेलको मृत्यु

पूर्णपुष्टि, असोज २३ गते ।
नेकपा एमालेका नेता बालकृष्ण ढुंगेलको शनिवार मृत्य भएको छ । हिजो विहान काठमाडौं काँडाघारीस्थित आफ्नै निवासमा ढुंगेल मृत फेला परेको हो । नेकपा एमालेका नेता नानीबाबु बुढाथोकीका अनुसार घरकै बाथरुममा लडेर उनको मृत्यु भएको बताएका छन् । परिवारका अरु सदस्य बर्दिबास गएकाले ढुंगेल घरमा एक्लै रहेको बुढाथोकीले बताए ।
यसअघि नेकपा माओवादीमा रहेका ओखलढुंगाका ढुंगेल पहिलो संविधानसभाका सदस्यसमेत हुन् । सशस्त्र द्वन्द्वका क्रममा भएको उज्जन श्रेष्ठको हत्या आरोपमा ज्यान मुद्दामा दोषी ठहर भएपछि उनले जेल जीवन भोग्नु परेको थियो । उक्त अभियोगमा उहाँले दुई पटक गरी करिब ७ वर्ष जेल बस्नु परेको थियो । नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भएर बनेको तत्कालिन नेकपा विभाजित भएपछि ढुंगेल एमालेमै बसे । ढुंगेले हाल एमालेको पोलिट्ब्यूरो सदस्य हुन् ।