Friday, May 22News That Matters

बाबु र पाहुनालाई खुकुरी प्रहार गर्ने नविन पक्राउ

पूर्णपुष्टि, भदौ ७

उदयपुरमा बुवा र पाहुनालाई खुकुरी प्रहार गर्ने नविन पक्राउ परेको छ । खुकुरी पक्राउ गर्ने रौतामाई गाउँपालिका–७ पाखा टोलका खम्बे भन्ने नविन परियार पक्राउ परेको हो ।

गत शुक्रबार राति खुकुरी प्रहारबाट बुवा गंगाबहादुर परियार र त्रियुगा नगरपालिका १५ कुभिण्डेका पाहुना ५५ वर्षिय जुद्ध काजी खपाङ्गी मगरलाई घाइते भएको थियो ।

विशेष सूचनाका आधारमा खुकुरी प्रहार गर्ने नविनलाई घरबाटै खुकुरी सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

छोरोको खुकुरी प्रहारबाट बाबु गंगाबहादुरको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । उनीहरुको विराटनगरको गोल्डेन हस्पिटलमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।