
पूर्णपुष्टि, साउन १४ । प्रिसिजन टुर अन्तर्गत दुई स्पेनिस क्लबबिच भएको खेलमा रियल मड्रिडमाथि बार्सिलोनाले जित निकालेको छ । सकर च्यामपियनसिप टुर अन्तर्गत अमेरिकाको टेक्सासमा आइतबार विहान भएको खेलमा बार्सिलोनाले रियल मड्रिडलाई ३–० ले पराजित गरेको छ ।
खेलको १४ औं मिनेटमा उसमान डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई आग्रता दिलाएका थिए । त्यसपछि खेलको १९ औं मिनेटमा रियलले बराबरी गर्ने अवसर पाएको पाएको थियो । भिनियस जुनियले प्रहार गरेको पेनाल्टी पोष्टमा ठोक्किएर फर्कियो । त्यसपछि पनि रियलले धेरै गोल गर्ने अवसर पाएको थियो । तर, गोल गर्न नसकेपछि ८५ औं मिनेटमा फर्मिन लोपेजले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । दोस्रो हाफको इन्जुरी टाईमको पहिलो मिनेट नबित्दै फेरान टोरेशले गोल गर्दै बार्सिलोनालाई उत्कृष्ट जित दिलाए ।
