
पूर्णपुष्टि,जेष्ठ २३ । उदयपुरको रौतामाई गाउँपालिाकामा–१ नामेटारमा बालक्लब ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि २ दिने तालिम सम्पन्न भएको छ । गाउँपालिका वडा न–१ को विभिन्न बिद्यालयहरुमा रहेका बालक्लबका सदस्यलाई बालक्लब सक्रिय रुपमा सन्चालन गर्नको लागि तालिम सोमबार देखि सञ्चालन गरिएको हो ।

दुई दिने तालिममा वडा नं. १ भित्र रहेका ६ वटा बालक्लबको प्रतिनिधिहरुको उपस्तिथिमा बाल अधिकारको अबधारणा, बालक्लबको महत्त्व, दर्ता प्रक्रिया, सुचक बालक्लबमा रहने संरचना, बाल संरक्षणको सबालहरु, बालमैत्री स्थानीय शासन र बालक्लब बैठक माईन्युट लेखन जस्ता बिषयबस्तुहरुमा सहजीकरण गरिएको सहजकर्ता केशव राना मगरले बताए ।

तालिम आब २०७९र८० मा रौतामाई गाउँपालिका वडा न-१ को बालबालिका लक्षित कार्यक्रम अन्तर्गत संचालन गरिएको र तालिम सगै ६० जना बिपन्न बालबालिकाहरुलाई विद्यालय पोसाक र कापी डटपेन बितरण गरिएको वडा अध्यक्ष रुद्र बहादुर कार्किले बताए ।

कार्यक्रमको समापन समारोहमा वडा अध्यक्ष, वडा सदस्यहरु शिक्षकको उपस्तिथि रहेको थियो उक्त कार्यक्रमको सञ्चालन वडा सचिब पदम बहादुर कार्किले गरेका थिए । साथै तालिमको सहजीकरण बिरेन्द्र खड्का,केशव राना मगर र भरत बोहोराले गरेका थिए ।

