बाली पशुपन्छी तथा जनवारको बिमा क्षती मुल्याङकन सम्बन्धि ३ दिने तालिम सम्पन्न

पूर्णपुष्टि, पुष ५
उदयपुर गाईघाटमा लुम्विनी जनरल इन्स्योरेन्स कम्पनीको आयोजनामा भएको बिमा क्षती मुल्याङकन कर्ता सम्बन्धि ३ दिने तालिम सोमवार सम्पन्न भएको छ । तालिममा पशुपन्छी, बाली तथा जनवारहरुको बिमा बापतको क्षती बिवरणको सत्यतथ्य पत्ता लगाई कृषकहरुलाई क्षतीपुर्ति दिने सम्बन्धबारे सिकाईएको लुम्विनी जनरल इन्स्योरेन्स कम्पनीका उदयपुर शाखा प्रमुख सुदिप चौधरीले बताए ।

चौधीले हाल २० ओटा बिमा कम्पनीहरुलाई नेपाल सरकारले एरिया तोकेरै बिमाको जिम्मा दिएको बताउँदै उदयपुर खोटाङ र भोजपुरमा लुम्विनी जनरल इन्स्योरेन्सको बिमा कार्यक्षेत्र रहेको जनाए ।
कम्पनीमा रहेका केहि अभिकर्ता र जिल्लामा रहेका थप नयाँ अपभकर्ताहरुलाई तालिम दिईएको छ । बिभिन्न प्राकृतिक प्रकोप तथा रोग जस्ता समस्याले कृषि बाली, पशुपन्छ तथा जनवारहरुमा क्षती पुग्ने हुँदा कृषकहरु ठुलो मारमा पर्ने गरेको छ । सोही क्षती बापतको रकप उपलब्ध गराउँनु पर्दा के करणले क्षती भयो ? रोगले हो या लपर्वाहीले हो भन्ने सत्यतथ्य पत्ता लगाउन अति आवश्यक रहेको भन्दै तालिममको आयोजना गरिएको प्रमुख चौधरील बताए ।

सत्यतथ्य बिहिन तरिकाले क्लेम गर्दा वास्ताविक पिडित कृषकहरु मारमा समेत पर्ने र लापरर्वाहीका कारण भएको क्षती हो भने कम्पनीले जिम्मा लिन नसक्ने भन्दै सहि सत्य विवरण संकलनमा सहयोग पुराउने हिसावले तालिमको आयोजना गरिएको कम्पनीले जनाएको छ । बिमा कम्पनीका साहायक प्रवन्धक नवराज तिमिल्सिना र साहायक निर्देशक सुनिता थापा मगरले तालिमको सहजिकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: