
पूर्णपुष्टि,फागुन १ । भारतीय रियालिटी शो बिग बोस सिजन १६ को उपाधि र्यापर एमसी स्टानले हात पारेको छ । आईतबार भएको ग्राण्ड फिनालेमा शिव ठाकरेलाई पछि पार्दै स्टानले उपाधि हात पारेको हो । बिग बोसको बिजेता भएसँगै उनले ट्रफीसहित नगद ३१ लाख भारू र एउटा कार समेत पाएका छन् ।
पाँच प्रतिस्पर्धी सहभागी फिनालेमा एमसी स्टान र शिव बाहेक, प्रियंका चाहर चौधरी, अर्चना गौतम र शालिन भनोट रहेका थिए । प्रियंका चाहर चौधरी टप ३ मा पुगेपछि बाहिरिएकी थिइन्।
बिग बोसको विजेता भएपछि एमसी स्टानले एक र्याप गीत गाएका थिए भने सलमानले आफ्नो आगामी फिल्म “किसी का भाइ किसकी जान” को गीत ‘नाइयो लग्दा सार्वजनिक गरेका थिए।
