Tuesday, November 18News That Matters

बिद्यार्थी कुटेको भन्दै जनता मावि दमौटीका प्रअ राउतलाई कार्वाही गर्न माग

पूर्णपुष्टि, उदयपुर, असोज, २४ गते ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नं ५ स्थित श्री जनता मावि दमौटीका प्रधानाध्यापकले विदार्थी कुटेको भन्दै अभिभावकहरु आक्रोसित बनेको छ । विद्यालयको (प्रअ) राजन राउतले बिहिबार विद्यालय समयमा पढाउने क्रममा कक्षा १० की छात्रा समिक्षा राईलाई कुटेको भन्दै परिवारले कार्वाहीको माग गरेका हुन् । पिडित अभिभावकले १५ बर्षिया शमिक्षाको गालामा प्रअ राउतले छापड हानेको बताए ।

पिडित अभिभावक सुप्रिमाया राईले छोरीको गालामा कुटेको र आँखा र गाला सुन्निएको बताईन् । विद्यार्थीले गल्ती गरेको खण्डमा अरु धेरै सजायको आधारहरु रहेपनि गालामा झापड हानेको उनको गुनासो छ । शुक्रबार परिवारले कार्वाही गर्नु पर्ने भन्दै विद्यालयमा कुरा समेत उठाएको छ । पढाउने क्रममा एसईईको सेन्टरबारे छलफल हुँदै गर्दा विद्यार्थी र (प्रअ) बीच सेन्टरको स्थानबारे कुरा हुँदै थियो । श्रीपुर सेन्टर रहँदै आएकोमा (प्रअ) राउतले यो पटक सेन्टर फरक ठाउँ पनि हुन सक्ने धारणा राखे । बगाहाँ, मोतिगडा लगायत अन्य ठाउँमा सेन्टर पर्न जान्छ राउतले भनेका थिए । सोही क्रममा समिक्षाले मोतिगडा हुदैन भन्ने खाले धारण राखिन । (प्रअ) ले मोतिगडा पनि पर्न सक्छ भनेपछि समिक्षाले सरलाई नजिक र आफन्नत्व सम्झेर इस त्यहाँ त हुँदैन भनेकी बताईन् । सोही क्रममा (प्रअ) राउत रिसले चुर हँदै एक्कासी गालामा झापड हानेको समिक्षाको भनाई छ । उनले सरलाई त्यस्तो गिराउने र अपमान गर्ने हिसाबले नभई सामान्य तरिकाले इस भनेको जनाईन् ।

विद्यार्थी पिटेको आरोप लागेका शिक्षक राजन राउत

सरलाई नजिक र आपन्नत्व सम्झेर बोलेको इस शब्दले सरले यति सारो झापड हान्नुहोला र यो घटना होला भन्ने सोचेकी थिईन, समिक्षाले भनिन्,” । तर सरले त्यसलाई गम्भीर अपमानको रुपमा लिएर गालामा झापड हानेको उनको भनाई छ । उनले पनि आफुले सरलाई इस भनेर गल्ती गरेको स्वीकारिन् । गल्ती नै गरेको भएपनि एक पटकको लागि माफि माग्न लगाउने अथवा उठबस गराउने या कुट्दा पनि गालामा नभई हातमा खुट्टामा कुट सक्ने अवस्थामा पनि गालामानै झापड हानेपछि समिक्षाले सजाएको मापदण्ड जायज नभएको जनाईन् । (प्रअ) राउतको झापडले आँखा र गाला पूर्ण रुपमा सुन्निएपछि परिवारले कार्वाहीको माग गरेको हो । अहिलेको समयमा विद्यार्थीलाई कुट्न नहुने र सजायका लागि थुप्रै तरिकाहरु रहँदा रहँदै झापड हान्नु (प्रअ) को घमण्ड रहेको आरोप लगाएको छ । विद्यार्थीले अटेर गरे अभिभावक र व्यवस्थापन समितिलाई भन्ने ठाउँहरु हुँदा हुँदै पनि विद्यार्थीमाथी नै झापड हान्नु पर्ने अवस्था नरहेको पिडित परिवारको भनाई छ । चित्त नबुझेको खण्डमा वा विद्यार्थीबाट अनुसासनको अत्याचारनै भए विद्यालयले अभिभावक र व्यवस्थापन समितिको रोहबरमा विद्यालयबाट रेस्टीकेट गरेर पनि सजाय दिन सक्ने प्रावधानहरु रहेको उनिहरुको भनाई छ ।

कक्षा १० मा अध्यानरत कुटाई खाने छात्रा समिक्षा राई

यता प्रधानाध्यापक राउतले पनि गालामा सामान्य झापड हानेको स्वीकारेको छ । उनले प्रधानाध्यापक जस्तो व्यक्तिलाई विद्यार्थीले इस भन्दै डोमिनेट गरेपछि आफु आक्रोस हुन पुगेको जनाए । उनले विद्यार्थीको बिना गल्ती बेगर आफुले त्यतिकै झापड नहानेको पनि अभिभावकलाई सुझाए । राउतले विद्यार्थीहरुलाई अनुसासित बनाउनका लागि र आउँदो समय यस्तो गल्ती नगरोस भन्नका खातिर आफुले समिक्षालाई झापड हान्न पुगेको हो । उनले गालामा विद्यार्थीलाई सचेत गराउन हानेको झापड कुनै दुश्मन र पूर्वग्राही रुपले नहानेको जनाए । एकदिन उसले इस भन्ला अर्को दिन अर्कोले भन्ला त्यसो भन्दा भन्दै विद्यार्थीमा अनुशासन हराउने र शिक्षकहरु प्रतिको सम्मान कमजोर बन्ने हुँदा सजाय स्वरुप झापड हानेको प्रअ राउतको भनाई छ । उनले आफुले पनि अन्य सजायहरु दिन सक्ने अवस्था हुँदा हुँदै गालामै झापड हान्नु गल्ती रहेको बताए ।

व्यवस्थापन समितिका अध्यक्ष कुबेत मगरले विद्यार्थी र शिक्षक दुवैको गल्ती रहेको बताए । विद्यार्थीले सरलाई इस भन्नु हुँदैन थियो,“ शिक्षकले गालामै झापड हानिहाल्नु हुँदैन थियो, अध्यक्ष मगरले भने,” । यस घटनाबारे सक्दो विद्यालयमै सामान्य तरिकाले मिलाउने अध्यक्ष मगरेको भनाई छ । यदी त्यो नभएमा पिडित अभिभावकको माग अनुसार कार्वाहीको कोशिश गर्ने उनको भनाई छ ।

केहि समय अघि मात्रै निमित्त (प्रअ) मा नियुक्ती भएका राउतलाई विद्यालय व्यवस्थापन समितिले अहिले फुल जिम्मेवारी दिएको छ । स्थानीयहरुका अनुसार करिब एक महिना अघि मात्रै (प्रअ) बनेको राउतलाई विद्यार्थी, अभिभावक तथा स्थानीयहरुले उत्ति रुचाएका छैनन् । विद्यार्थी, अभिभावक र स्थानीयहरुले रुचाएको पहिलेको (प्रअ) रमनन्द चौधरी लाई जिम्मेवारीबाट हटाएर राउतलाई निमित्त प्रअ बनाईएको थियो । राउत भन्दा सिनियर शिक्षकहरु हुँदाहुँदै पनि पावरको भरमा राउतलाई नै (प्रअ) बनाईएको स्थानीयहरुको आरोप छ ।