Friday, May 22News That Matters

बिभिन्न मुद्धामा फरार रहेका ३ जना पक्राउ

पूर्णपुष्टि, भदौ १७

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर RIT सहमुहको प्रहरी टोलीले बिभिन्न मुद्धाका फरार प्रतिवादी ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवसताक्षी गाउँपालिका–८ झापाका ३७ बर्षीय दिप्सन लावती, सुन्दर हरैचा नगरपालिका–७ मोरङका २५ बर्षीय सुरज परियार र धरान उप–महा नगरपालिका–४ सुनसरीका ४९ बर्षीय महेन्द्र बहादुर थापालाई पक्राउ गरेको छ । फरार प्रतिवादी खोजतालासको क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा तिनै जनालाई पक्राउ परेको प्रहरीले जनाएको छ ।दिप्सन लावती सम्मानित सर्बोच्च अदालतको मिति २०६५÷११÷२३ गतेको फैसलाले सम्मानित पुनराबेदन अदालतबाट भएको फैसला सदर भई जन्म कैद ठहरेको कर्तब्य ज्यान मुद्धामा फरार रहेका थिए । परियार लागु औषध मुद्धामा सम्मानित जिल्ला अदालत सुनसरीको मिति २०७५÷११÷२६ गतेको सजाय निर्धारण फैसला आदेशले २५ दिन कैद, २ हजार रुपैया जरीवाना तोकेतापनी फरार रहेका थिए । थापा सवारी ज्यान मुद्धामा सम्मानित जिल्ला अदालत मोरङको मिति २०७७÷११÷०९ गतेको सजाय निर्धारण फैसला आदेशले २ महिना ५ दिन कैद र २ हजार रुपैया जरीवाना बेरुजु रहि फरार रहेका थिए ।
पक्राउ परेका तीनै जनालाई सम्मानित अदालतको आदेशले कैद भुक्तानको लागी कारागार पठाईएको छ ।