
पूर्णपुष्टि, असोज १४ गते ।
दुई दिनअघि बियरको बोतल प्रहार गरी छोराको हत्या गरेर फरार भएका एक जना पक्राउ परेको छ । बारबर्दिया नगरपालिका–११ बर्दियाका लौरंगलाल थारुलाई छोरोको हत्या गरेको अभियोगमा पक्राउ गरेको हो ।
४५ वर्षीय थारुले यही असोज १२ गते आफ्नो २० वर्षीय छोरा विवेकलाई फुटेको बियकारे बोतलले पेटमा प्रहार गरेका थिए । विवेकको सोही दिन अस्पतालमा लैजाने क्रममा मृत्यु भएको थियो ।
सोही दिनदेखि फरार रहेका थारुलाई आज बिहान साढे १० बजे बर्दियाको गुलरिया नगरपालिका–११ इन्द्रपुर गाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी हिक्मत बहादुर बोहराले जानकारी दिए ।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
