Sunday, April 19News That Matters

बिराटनगरमा ए.टि.एम. मेसिन तोडफोड गरेको अभियोगमा एक युवक पक्राउ

पूर्णपुष्टि, पुष १२
मोरङको बिराटनगर महानगरपालिका–३ कंचनबारी स्थितबा रहेको माछापुच्छ्रे बैंकको एटिएम मेसिन तोडफोड गरेको अभियोगमा एक जना पक्राउ परेको छ । जिल्लाको रतुवामाई नगरपालिका–५ का २१ वर्षीय पारस कालिकोटेलाई एटिएम मेसिन तोडफोड गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
आईतबार राती साढे ९ बजे एटिएम मेसिन तोडफोड भईरहेको भन्ने सुचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ, प्रहरी चौकी बरगाछी र सि.आर.भि. पोष्ट भट्टाचोकबाट तत्कालै प्रहरी टोली परिचालन भई तोड फोडमा संलग्न कालिकोटेलाई पक्राउ गरेको थियो । पक्राउ परेका कालिकोटेको जिल्ला प्रहरी कार्यालय मोरङबाट आवश्यक अनुसन्धान भईरहेको छ ।