
पूर्णपुष्टि, जेठ १५ । उदयपुरकाे त्रियुगा नगरपालिकाकाे विवादित वडा १२ नं. काे मतगणना सुरु भएकाे छ । गणनाकाे अन्तिम चरणमा आज साे वडाकाे गणना सुरु गरिएकाे हाे । बैशाख ३० गते मतदानकै दिन मतदानकै विषयमा विवादित बनेकाे थियाे । पुन: मतदान हुने वा गणना भन्ने कुराले ११ दिनसम्म अन्याैल पारेकाे थियाे । पछि निर्वाचन आयाेगले गणना गर्ने निर्देशन गरेपछि गणना थालिएकाे हाे ।
साे वडाकाे प्रारमभिक १०० काे गणनामा वडाध्यक्षमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) बाट नवीन कुमार बान्तवा राईकाे २६, काङ्ग्रेसकाे चुडाराज काफ्लेकाे २३ र एमालेकाे रमेश राउत क्षेत्रीकाे २२ मत आएकाे छ ।
साे वडामा सबै मतदाता तथा उम्मेदवारले मत लगाउन नपाएपनि खसेकाे मत १७२५ लाई सुरक्षित राखिएकाे थियाे । साेहि मत गणना भईहेकाे छ ।
