Sunday, April 19News That Matters

बिषहारा डेन्टल गाईघाटमा अत्याधुनिक मेशिन माईक्रोस्क्रुपबाट दन्त उपचार सुरु

पूर्णपुष्टि, २१ जेष्ठ ।
गाईघाटको बिषहारा डेन्टल मल्टी स्पेशालीटी क्लिनिकले अत्याधुनिक मेशिन माईक्रोसफ्ट बाट दन्त उपचार सेवा सुरु गरेको छ । दन्त उपचारका लागि सहज र सफल उपचार बिधिमा मानिने अत्याधुनिक मेशिनले उपचार सेवा सुरु गरेको जनाएको छ ।

क्लिनिक संञ्चालक समेत रहेकादन्त चिकित्सक नारायण थारु चौधरीका अनुसार यसले उपचारको जोखिमलाई न्युन बनाउने जनाए । दाँतको कतिपय समस्याहरु नाँगो आँखाले देख्न नसकिने हुँदा उपचारमा असहज हुने भन्दै ठुलो लगानीमा उपकरण जोडेको चौधरीको भनाई छ । नेपालभरी ८ देखी ९ ओटा मात्रै रहेको उक्त मेशिन गाईघाटमा आफुले पहिलो पटक ल्याउन सफल भएको जनाए ।

यस प्रविधिले दाँत उपचारमा सरल बनाउनका साथै दाँतमा देखिन सबै समस्याहरु हल गरी उपचारलाई चुस्त दुरुस्त बनाउन सकिने चौधरीले जनाए । बिषहारा डेन्टलले उपचारमा सतप्रतिशत सफल हुन आवश्यक सबैखाले उपकरणहरु जोडेका छन् । यस क्लिनिकले दाँतका ठुला तथा साना सबैखाले समस्याहरुको उपचार गर्दै आएको छ । आरसिटी स्पेशालीटी समेत रहेका चौधरी एमडिएस डक्टर हुन । हाल गाईघाटमा ठुलो र जोखिम उपचारका लागि मेशिन र दक्ष जनशक्ति पर्याप्त छैन । धरान घोपाबाट कोर्ष पुरा गरेका चौधरीले जिल्ला हस्पिटल उदयपुरमा एक बर्ष दन्त चिकित्सको रुपमा काम गरेका थिए । यस क्लिनिकमा एम.डि.एस र बिडि.एसको डाक्टरहरु उपलब्ध रहेको छ ।