
पूर्णपुष्टि, माघ २५
बिहे भोज खान गएका एक जना पुरुषको कठ्याङ्ग्रिएर ज्यान गएको छ । रुकुम पश्चिमका आठबिसकोट नगरपालिका–९ का ५२ वर्षीय बिने बटालाको सोमवार चिसोले कठ्याङ्ग्रिएर ज्यान गएको हो ।
बटाला वडाकै राडी बजारमा बिहे भोज खान गएका थिए । उनले बिहेमा आउनु अगाडी नै मदिरा सेवन गरेको र बिहेमा आएर फेरी पनि मदिरा सेवन गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बटाला बिहे घरकै पछाडी त्रिपालमा एक्लै सुतेका थिए । बिहान उनी मृत फला परेको हो ।
चिसोकै कारण कठ्याङ्ग्रिएर बटालाको मृत्यु भएको अनुमान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएसपी ध्रुबकुमारश्रेष्ठले जानकारी बताउनुभयो ।
बिहान आफन्तले उठाउन खोज्दा बटाला हलचल नगरेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए । शव पोष्टमार्टमपछि आफन्तलाई बुझाइएको र पोष्टमार्टमको रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

