Tuesday, June 2News That Matters

ट्रक दुर्घटनाबाट चालकको मृत्यु, सहचालक घाईते

पूर्णपुष्टि, माघ २५
संखुवासभा खाँदबारी नगरपालिका ९ कत्ले भञ्ज्यांङ नजिक सभाखोलाको पुलमा ट्रक दुर्घटनाबाट चालकको मृत्यु भएको छ भने सहचालक घाईते भएका छन् । मृत्यु हुनेमा गोरखा का २४ बर्षीय मिलन मग्राती रहेका छन् ।हिजो बेलुका साँझ साढे ६ बजे खाँदबारीबाट सभाखोला तर्फ जाँदै गरेको प्र २–०३–००१ ख ४३० नमबरको ट्रक अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो । सो दुर्घटनाबाट घाईते भएका मग्रातीलाई उद्धार गरि उपचारको लागी मनकामना हस्पिटल तुम्लिङटार पठाईएको थियो ।

घाईते मग्रातीको सोही अस्पतालमानै राती पौने ८ बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रकमा सवार सह–चालक सिन्धुपाल्चोक बाह्रबिसे का १९ बर्षीय सुजन तामाङ भने सामान्य रहेका छन् । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।