Tuesday, June 2News That Matters

१३ नं वडाको आधारभूत स्वास्थ्य केन्द्र भवन उद्घाटन, ल्याव सहितको स्वास्थ्य सेवा सुरु

पूर्णपुष्टि, माघ २५
त्रियुगा नगरपालिका १३ नं वडाको आधारभूत स्वास्थ्य केन्द्र भवन मंगलबार उद्घाटन भएको छ । भवनको उद्घाटन त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले गर्नुभयो । भवन उद्घाटन गरे सँगै वाडामा आजै बाट ल्याव सहितको स्वास्थ्य सेवा सुरु भएको वडा अध्यक्ष पशुपती चौधरीले बताउनुभयो । चौधरीले हाल वडामा रहेको स्वास्थ्य शाखाले अब बाट आफ्नै भवन बाट सेवा सुरु गर्ने बताउनुभयो । नगर प्रमुख वलदेव चौधरीले स्वास्थ्य सेवा मानव जिवनको अत्यावश्यक क्षेत्र रहेको बताउनुभयो ।

उहाँले यस स्वास्थ्य केन्द्रले १३ नं वडाका जनताहरुलाई स्वास्थ्य रहन ठुलो मदत गर्ने जनाउनुभयो । चौधरीले मान्छे पहिले स्वास्थ्य हुन जरुरी रहेको र स्वास्थ्य रहे संसार रहने स्वास्थ्य नरहे केही नरहने भन्दै यस भवनबाट जनतालाई सेवा सुविधा लिएर स्वास्थ्य बन्न समेत अनुरोध गर्नुभयो ।

यस्तै वडा अध्यक्ष चौधरीले पनि वडामै स्वास्थ्य भवन आएपछि ल्याव सहितको सेवाले याहाँका जनताहरुलाई थप सेवा मिलेको बताउनुभयो । भवन उद्घाटन कार्यक्रममा पार्टीका प्रतिनिधि, टोल विकास संस्था तथा बुद्धिजिवीहरुले आफ्नो मन्तव्य राख्दै १३ नं वडा हरेक क्षेत्रले अगाडी बढेको बताए ।

उनिहरुले यस क्षेत्रमा विकास चाङहरु थपिँदै गएको र अन्य दिनमा अझै बढी थपिने बताए । स्वास्थ्य केन्द्र भवनलाई त्रियुगा नगरपालिकाले ल्याव लगायतका आवश्यकीय सामाग्रीहरु समेत उपलब्ध गराएको छ । उद्घाटट सँगै नगर प्रमुख चौधरीले १३ नं वडाका स्वास्थ्य शाखा प्रमुख युग प्रभा चौधरीलाई स्वास्थ्य सामाग्री ल्याव सहित बिभिन्न सामाग्रीहरु समेत हस्तान्तरण गर्नुभएको छ ।