
पूर्णपुष्टि, भदौ १२
पाल्पामा बुबाको हत्या आरोपमा छोरा पक्राउ परेका छन् । पाल्पाको माथागढी गाउँपालिका–४ नेटाका १४ वर्षीय छोराले ४५ वर्षीय तिलबहादुर दिसाको हत्या गरेको प्रहरीले जनाएको छ ।
पारिवारिक झगडा भएपछि शनिबार राति ८ बजे छोराले टाउकोमा चिर्पट दाउराले हान्दा तिलबहादुरको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी वीरेन्द्र थापाले जानकारी दिए । घटनाबारे स्थानीयले आइतबार बिहान खबर गरेपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो । प्रहरी टोलीले तिलबहादुरका छोरालाई नियन्त्रणमा लिएर शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको प्रवक्ता थापाले बताए ।
