Tuesday, June 2News That Matters

बुवाले चलाएको ट्याक्टरले किचेर २ वर्षीया छोरीको मृत्यु

पूर्णपुष्टि, माघ १६
आफ्नै बुवाले चलाएको ट्याक्टरले किचेर दुई वर्षीया बालिकाको ज्यान गएको छ । झापाका कनकाई नगरपालिका–७ दुर्गापुरकी बालिका आरुची दुलालको ट्याक्टरले किचेर ज्यान गएको हो ।
बुवा बालकृष्णले चलाएको मे १ त ७५९ नम्बरको ट्याक्टरले किच्दा आरुची गम्भीर घाईते भएकी थिइन् । घर अगाडि पार्किङ गरेर राखिएको ट्याक्टर स्टाट गर्ने क्रममा ट्याक्टरमुनि खेल्दै गरेकी आरुची घाईते भएकी हुन् । उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित विर्तासिटी अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताउनुभयो ।