Sunday, June 28News That Matters

बेपत्ताको शव नभेटिएपछि कुशको शव बनाएर दाहसंस्कार

पूर्णपुष्टि,असार ९ । एक साताअघि पहिरोमा परेर बेपत्ता बनेका ताप्लेजुङको सिदिंवा गाउँपालिकास्थित मेहेलेका ३ जना अझै नभेटिएपछि उनीहरूका आफन्तले कुशको शव बनाई दाहसंस्कार गरेका छन्।

पहिरोमा बेपत्ताको एकै परिवारका तीन जनालाई शुक्रबार बिहानसम्म खोजी गर्दा पनि नभेटिएपछि दिउँसो कुशको शव बनाएर आफन्तले दाहसंस्कार गरेका हुन् ।

पहिराले घर बगाउँदा मेहेलेको भालुखोपका ६३ वर्षीया भगीमाया बुढाक्षेत्री, बुहारी ३० वर्षीया सन्ध्या र नाती ९ वर्षीय प्रज्वल बुढाक्षेत्री बेपत्ता छन् ।