
पूर्णपुष्टि, २० जेष्ठ ।
कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री भक्ति प्रसाद सिटौलाले नेपालीहरु बिदेश जान बाध्य भएको कारण राजनितिक अस्थितरता मुख्य रहेको जनाए । उनले हिजो भएको गलत राजनितिक निर्णयका कारण बेरोजगारको स्थिति सिर्जना भएको जनाए । उनले जव सम्म नेपालमा राजनिति स्थिरता हुँदैन त्यो बेला सम्म नेपालमा समृद्धी नआउने जनाए ।
राजनितिक अस्थिरता भैरहे नेपालीहरु गुलामी गर्न अर्का देश गैराख्नु पर्ने उनले जनाए । आज शासनमा बस्ने मानिसहरुनै गलत भएका छन्” प्रशासनमा वस्ने मानिसहरु चुस्तदुरुस्त छैनन् काम ढिला सुस्ती छ उनले भने, । यीनै बिबिध कारणवस जनताहरुको काम सहज नभएको पनि उलने जनाए । उनले देश सुधार्न राजनितिक र शासक सुध्रिनु पर्ने जनाए । सिटौलाले प्रदेश सरकारले युवाहरुलाई रोजगार बनाउने १० बर्षे उद्योग निति समेत लिएर आएको जनाए ।
