Tuesday, April 21News That Matters

बेलकाको वडा नं. ९ मा कांग्रेसको अग्रता, ९५ मतका साथ एमालेले पछ्याउदैँ

पूर्णपुष्टि, वैशाख ३१ गते ।
उदयपुरको बेलका नगरपालिका–९ मा नेपाली कांग्रेसको अग्रता रहेको छ । ४ सय मत गणना गरिदा कांग्रेसका वडाध्यक्ष उम्मेदवार पदम खड्का १ सय १८ मतले अगाडी रहेको छ । नेकपा एमालेका वडाध्यक्ष उम्मेदवार रञ्जित राईले ९५ मतका साथ कांग्रेसलाई पछ्याइरहको छ । यो बिहान ९ः१५ मा आएको प्रारम्भिक मतपरिणाम हो ।
यता माओवादी केन्द्रका हरि श्रेष्ठले ४२ मत पाएका छन् । जसपाका राजकुमार राईले ४२, स्वतन्त्र उम्मेदवार तेजमान विश्वकर्माले २२, स्वतन्त्र उम्मेदवार रिता राईले १५ र राप्रपाका राजकुमार खड्काले १५ मत पाएका छन् ।