Tuesday, April 21News That Matters

बेलकामा युवाहरुको पहलमा राहत संकलन गरी विपन्न परिवारलाई वितरण

जयराम पूर्वछाने मगर
पूणर्पुष्टि, भदौ ३०

बेलका नगरपालिकाका युवाहरुले राहत संकलन गरी विपन्न परिवारलाई वितरण गरेको छ । नगरपालिकाका १ र २ नं वडाका युवा अभियान्ताहरुको पहलमा विपन्न ७ परिवारलाई राहत उपलब्ध गराइएको हो ।

युवाअभियान्ताहरुको पहलमा संञ्चालित फुड बैँक अन्तर्गत राहत वितरण गरिएको राहत संकलनका एक युवा सदस्य प्रदिप सुवेदीले जानकारी दिए । (हुनेले दिने नहुनेल लिएर जाने) अभियानको दोस्रोचरणको राहत वितरण गरिएको अर्का सदस्य कुबेर लुइटेलले जनाए ।

कार्यक्रममा जम्मा कुल  रकम रु . ३०४५० संकलन गरी ७ घर परिवार लाई प्रती परिवार रु २०३० बराबरको सामान बितरण गरिएको छ । जसमा प्रती परिवार चामल २५ के जि, दाल ३ के जि, खानेतेल २ लिटर, खानेनुन १ पोका र नुहाउने साबुन १ ओटा गरि राहत वितरण गरिएको हो । तेश्रो चरणको कार्यक्रम बेलका १ मा गर्ने योजना रहेको रहेको युवाहरुले जनाएको छ ।