Monday, April 20News That Matters

बेलका डुवान क्षेत्रबाट १२८ काे उद्धार

पूर्णपुष्टि/उदयपुर, असाेज १९
निरन्तर वर्षापछि डुवानमा परेकाे बेलका नगरपालिका वडा नं. २, ३ र ८ मा नेपाली सेना सहितको सुरक्षा टोलीले १२८ जनालाई उद्धार गरि  सुरक्षित स्थानमा राखिएकाे छ । विरामी, वालबालिका, बृद्धबृद्धाहरुलाई उदयपुरकाे बाेक्सेस्थित पशुपती प्रसाद गणकाे नेपाली सेनम उद्धार टाेलीले बाेकेर उद्धार गरेका हुन् ।
सप्तकाेशी कटानकाे उच्चजाेखिममा रहेकाे साे क्षेत्रमा काेशीकाे पानी नपसे पनि त्रियुगा र अन्य खाेला, खहरेकाे भेलबाढीले डुवानमा परेकाे छ । साे क्षेत्रमा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईटेलकाे नेतृत्वकाे जिल्ला विपद कमाण्ड पोष्टका पदाधिकारीहरुले स्थलगत अनुगमन गरेका छन् ।