Monday, April 20News That Matters

बेलकाको कोशी बाँध आसपासमा उच्च सतर्कता, सुरक्षा समितिको अनुगमन

पूर्णपुष्टि/उदयपुर, असोज १९ ।
उदयपुरको बेलका नगरपालिकाको कोशी बाँध आँसपासको क्षेत्रलाई प्रशासनले जिल्लाको सबैभन्दा उच्च जोखिम क्षेत्रको रुपमा लिएको छ । सप्तकोशीको पानीको वहाव बढ्दै जाँदा भेल पसेर डुवान हुने र धनजनको क्षती हुने भएकाले सबैभन्दा उच्च जोखिम क्षेत्रको रुपमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी राजन चापागाईले बताउनुभयो । एसपी चागाईका अनुसार अहिले बेलकाको भागलपुर, एविसि कोशी टप्प क्षेत्रमा स्थानीय प्रशासन, स्थानीय सरकार, सुरक्षा निकायका प्रमुखहरुसहित सुरक्षा समितिको टोलीले अनुगमन गरिरहेको छ ।
हालसम्म सो क्षेत्रमा सप्तकोशीको बाढी पसेको नभए पनि स्थानीय खोला खहरेको भेलका कारण केही क्षेत्र डुवानमा परेका छन् । सो क्षेत्रका ५० घर भन्दा बढि मानिस सुरक्षित स्थानमा बसेका छन् ।
सो क्षेत्रमा हरेक वर्षामा सप्तकोशीको भेल पसेर डुबान हुने गरेको छ । गतवर्ष पनि डुवान परेको थियो ।
सो क्षेत्रमा हिजैदेखि नेपाली सेनाको उद्धार टोली खटिरेहेकोे छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्धार टोली पनि तैनाथी अवस्थामा रहेको छ । यसबाहेक जिल्लाको आठैवटा पालिका बाढि, पहिरो, डुवानको जोखिममा रहेकाले सबैतिर उच्च सतर्कता अपनाउदै उद्धार तथा सतर्कताको पूर्व तयारी रहेको जनाइएको छ ।