Monday, April 20News That Matters

बगाएकाे हायसबाट बेपत्ता महिला मृत फेला

पूर्णपुष्टि/उदयपुर, असाेज १९ ।
उदयपुरकाे बेलका नगरपालिका ४ लालबजार नजिकै स्थानीय खाेला (कज-वे)काे बाढीले गएकाे मध्येराती बगाएकाे बा ४ ख १६२८ नम्बरकाे हायसबाट बेपत्ता महिला विहान मृत अबस्थामा फेला परेकी छिन् ।
माेरङकाे सुन्दर हरैचा नगरपालिकाकी अन्दाजी ३८ वर्षिया मञ्जु अधिकारी बेपत्ता रहेकाेमा मृत फेला परेकाे बेलका नगरपालिका-९ का वडाध्यक्ष भरत घिमिरेले जानकारी दिएका छन् । वगाएकाे ठाउँबाट करिव डेडकिलाेमिटर तल भेलले खेतमा पुर्याएकाे अबस्थामा फेला परेकाे हाे । विहानदेखि नै प्रहरी र स्थानीयले खाेजी कार्य गरेकाे थियाे ।
माेरङबाट काठमाडाैका लागि हिडेकाे साे हायस सिन्धुलीकाे भिमानबाट फर्किने क्रममा त्यहा बगाएकाे हाे ।
राती 12 बजेभन्दा पछाडिकाे समयमा हायस बगाएकाे खबर लगत्तै ईलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरी सहायक निरिक्षक टीका निराैलाकाे नेतृत्वकाे प्रहरी टाेली खटेर यात्रुहरुकाे उद्धार गरेकाे थियाे । बाढीकाे अनुमान गर्न नसक्दा हायस बगाएकाे थियाे । प्रहरी पुग्दा एक बनलिकालाई हायस भित्रबाटै सिसा फुटाएर उद्धार गरेकाे थियाे भने तीनजना महिलालाई बगाउदै गरेकाे अबस्थामा उद्धार गरेकाे थियाे । अन्य भने आफै बाढी बाहिर निस्कसकेका थिए । एकजना बृद्धा ७९ वर्षिया कुरुकुमारी कुरुकुमारी गाैतमलाई घाईते अबस्थामा उद्धार गरी बेलका अस्पतालमा उपचार भईरहेकाे जनाईएकाे छ ।
<span;>जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएकाे प्रहरी नायव उपरिक्षक केदारमान दाेङकाे टाेली घटनास्थल पुगि थप उद्धार तथा खाेजतलास गरेकाे थियाे ।