
पूर्णपुष्टि/उदयपुर, असाेज १९ ।
उदयपुरकाे बेलका नगरपालिका ४ लालबजार नजिकै स्थानीय खाेला (कज-वे)मा आएकाे बाढीले गएराती बा ४ ख १६२८ नम्बरकाे हायस हायस बगाएकाे छ । जसमा सवार १ जना बेपत्ता छन् भने २१ जनाकाे उद्धार भएकाे छ ।
माेरङकाे सुन्दर हरैचा नगरपालिकाकी अन्दाजी ३८ वर्षिया मञ्जु अधिकारी बेपत्ता रहेकाे प्रहरीले जनाएकाे छ । माेरङबाट काठमाडाैका लागि हिडेकाे साे हायस सिन्धुलीकाे भिमानबाट फर्किने क्रममा त्यहा बगाएकाे हाे ।
राती 12 बजेभन्दा पछाडिकाे समयमा हायस बगाएकाे खबर लगत्तै ईलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरी सहायक निरिक्षक टीका निराैलाकाे नेतृत्वकाे प्रहरी टाेली खटेर यात्रुहरुकाे उद्धार गरेकाे थियाे । बाढीकाे अनुमान गर्न नसक्दा हायस बगाएकाे थियाे । प्रहरी पुग्दा एकजनालाई हायस भित्र बाटै सिसा फुटाएर उद्धार गरेकाे थियाे भने तीनजना महिलालाई बगाउदै गरेकाे अबस्थामा उद्धार गरेकाे थियाे ।अन्य भने आफै बाढी बाहिर निस्कसकेका थिए । एकजना बृद्धा ७९ वर्षिया कुरुकुमारी कुरुकुमारी गाैतमलाई घाईते अबस्थामा उद्धार गरी बेलका अस्पतालमा उपचार भईरहेकाे जनाईएकाे छ । उनकै भनाई अनुसार एकजना बगाएर बेपत्ता भएकी छिन् ।
<span;>जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएकाे प्रहरी नायव उपरिक्षक केदारमान दाेङकाे टाेली घटनास्थल पुगि थप उद्धार तथा खाेजतलास गरेकाे थियाे । खाेजतलासकाे क्रममा अस्पतालमा उपचाररत घाईते बृद्धाबाट एकजना बेपत्ता भएकाे जानकारी भएकाे थियाे । बेपत्ता महिला उनकाे छाेरी भएकाे बताईएकाे छ ।
